निजी क्षेत्र र प्रदेश सरकारबीच बजेट, आर्थिक नीति तथा प्रादेशिक विकासका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम

निजी क्षेत्र र प्रदेश सरकारबीच बजेट, आर्थिक नीति तथा प्रादेशिक विकासका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ-सुदूरपश्चिम प्रदेशको आयोजनामा आज धनगढीमा निजी क्षेत्र र प्रदेश सरकारबीच बजेट, आर्थिक नीति तथा प्रादेशिक विकासका सम्बन्धमा एक बृहत अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष श्री पुष्पराज कुँवरज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री खगराज भट्टज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माननीय प्रकाश रावलज्यू, आर्थिक मामिलामन्त्री माननीय चक्रबहादुर मल्लज्यू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्री गोकर्ण भट्ट ज्यू बिशिस्ट अतिथी रहनु भएको थियो ।
​कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि माननीय मुख्यमन्त्री खगराज भट्टज्यूले स्पष्ट सरकारी नीति र निजी क्षेत्रको सार्थक लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। प्रदेश सरकारले आगामी बजेटमार्फत औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा महासंघका प्रदेश अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकारले नीतिगत र प्रक्रियागत सहजता ल्याउनुपर्ने कुरा बताउनुभएको थियो भने विशिष्ट अतिथी ज्यूहरुले पनि प्रदेश सरकार र निजि क्षेत्र मिलेर प्रदेशको विकासमा सहकार्य गर्नु पर्ने कुरा ब्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा निजि क्षेत्रकाका प्रमुख एवं प्रतिनिधि ज्यूहरुले आफ्नो संस्थाको तर्फबाट विभिन्न सुझाव एवं सल्लाह ब्यक्त गर्नु भएको थियो ।

Recent Press Releases