नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशद्वारा प्रदेशका विभिन्न नगर उद्योग वाणिज्य संघका नव-निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम ।

नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशद्वारा प्रदेशका विभिन्न नगर उद्योग वाणिज्य संघका नव-निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम । नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशद्वारा आज प्रदेशका विभिन्न नगर उद्योग वाणिज्य संघका नव-निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।
महासंघका प्रदेश अध्यक्ष श्री पुष्पराज कुँवर ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लम्की उद्योग वाणिज्य संघ, घोडाघोडी उद्योग वाणिज्य संघ, गौरिगंगा उद्योग वाणिज्य संघ, अत्तरिया उद्योग वाणिज्य संघ, बेलौरी उद्योग वाणिज्य संघ तथा भजनी उद्योग वाणिज्य संघका नव-निर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई महासंघको पिन, बधाईपत्र तथा खादा सहित सम्मान गर्दै सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा नव-निर्वाचित अध्यक्षज्यूहरू, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री केशवराज जोशी ज्यू, कार्यकारी निर्देशक ज्योती भट्ट ज्यू ,प्रदेश महासंघका उपाध्यक्ष श्री मदनराज पन्त ज्यू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री पदमराज चौलागाईं ज्यू तथा प्रदेश अध्यक्ष श्री पुष्पराज कुँवर ज्यूले शुभकामना मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघहरूबीच आपसी सहकार्य, एकता र समन्वयलाई अझ सुदृढ बनाउँदै निजी क्षेत्रका साझा समस्या समाधान तथा आर्थिक विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेश सम्पूर्ण नव-निर्वाचित नेतृत्वलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्दछ