सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (DIG) सानुराम भट्टराई ज्यूको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (DIG) सानुराम भट्टराई ज्यूको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम। नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशको आयोजनामा आज सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक (DIG) सानुराम भट्टराई ज्यूको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
महासंघका प्रदेश अध्यक्ष श्री पुष्प राज कुवँर ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निजी क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रदेशको समग्र शान्ति सुरक्षा, उद्योग व्यवसाय सञ्चालनका क्रममा व्यवसायीहरूले भोग्नुपरेका चुनौतीहरू, लगानीमैत्री वातावरण निर्माण, व्यवसायिक सुरक्षाको प्रत्याभूति तथा आम नागरिकको सुरक्षासम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले निजी क्षेत्रको दिगो विकासका लागि सुरक्षित, शान्त र व्यवसायमैत्री वातावरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
सो अवसरमा प्रहरी नायब महानिरीक्षक श्री सानुराम भट्टराई ज्यूले सुदूरपश्चिम प्रदेशको समग्र सुरक्षा व्यवस्थाप्रति आफू अत्यन्त संवेदनशील र गम्भीर रहेको बताउँदै प्रदेशमा शान्ति, सुरक्षा तथा सुशासन कायम गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले निजी क्षेत्रको साथ, सहयोग र सहकार्यलाई उच्च महत्व दिँदै आगामी दिनमा व्यवसायी तथा आम नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी कार्यसम्पादन गरिने विश्वास व्यक्त गर्नुभयो।

Recent Press Releases