KOICA प्रतिनिधिमण्डलसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम।
नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशको सभाहलमा प्रदेश अध्यक्ष श्री पुष्पराज कुँवरज्यूको अध्यक्षतामा आज KOICA को प्रतिनिधिमण्डल र नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अन्तरक्रियाका क्रममा KOICA को सहयोगमा सुदूरपश्चिम प्रदेशमा स्थापना हुन गइरहेको पोलिटेक्निक शिक्षालयका सम्बन्धमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी शिक्षालयमा सञ्चालन गरिने पाठ्यक्रम, उद्योग तथा बजारको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने विषय, सीपमूलक तथा रोजगारमुखी शिक्षा र यसमा निजी क्षेत्रको भूमिका तथा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेश, कैलाली उद्योग वाणिज्य संघ, प्रदेश अटोमोबाइल्स डिलर्स एसोसिएसन तथा इलेक्ट्रिक डिलर्स एसोसिएसनका प्रतिनिधिज्यूहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा निजी क्षेत्रको आवश्यकता र मागलाई समेत समेट्दै पोलिटेक्निक शिक्षालयलाई व्यावहारिक, रोजगारमुखी र उद्योगसँग प्रत्यक्ष जोडिने गरी विकास गर्नुपर्नेमा जोड दिइएको थियो।
Releated Attachment : 1789028305_772632593_1373958008282396_3788266651844895578_n.jpg