बधाई एवम शुभकामना कार्यक्रम

बधाई एवम शुभकामना कार्यक्रम श्रावण ३२ गते बिहिवारका दिन नेपाल उद्योग वाणिज्य महासंघ -सुदूरपश्चिम प्रदेशले प्रदेश महासंघकै सभाहलमा एक औपचारिक कार्यक्रम गरि मनोनित कार्यकारिणी समितिका सदस्य ज्यूहरु,सल्लाहकार समितीका सदस्य ज्यूहरहरुलाई मनोनयन गरिएको पत्र प्रदेश अध्यक्ष श्री शंकर बहादुर बोगटी ज्यु बाट हस्तान्तरण गरिएको छ।उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघमा नव -निर्वाचित केन्द्रिय सदस्य श्री पुष्प राज कुंवर ज्यू र अत्तरिया उद्योग वाणिज्य संघको नव निर्वाचित कार्य समिति लाई पनि प्रदेश महासंघ द्वारा बधाई एवं शुभकामना प्रदान गरिएको थियो।