बझाङका भूकम्प पीडितलाई राहत सामाग्री सहयोग

बझाङका भूकम्प पीडितलाई राहत सामाग्री सहयोग
यहि २०८० साल असोज १६ गते बझाङ जिल्लामा गएको बिनासकारि भुकम्प बाट पीडित परिवारहरुको सहयोगका लागि निजि क्षेत्रले समाजिक उत्तरदायित्वलाई मनन गर्दै प्रदेश अध्यक्ष श्री शंकर बहादुर बोगटीज्यूको विशेष पहलमा राहत स्वरुप नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग बाणिज्य महासंघ - सुदुरपश्चिम प्रदेश, कैलाली उद्योग बाणिज्य संघबाट संकलित ७ लाख बराबरको सहयोग सामग्री आज बझाङ उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र खड्का ज्यूलाई हस्तान्तरण गरि बझाङ पठाइएको छ ।उक्त राहत सामग्री नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुवंर ,नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्षद्व्य मदन राज पन्त ,अनिल कुमार भोजनिया र कार्यकारी निर्देशक ज्योती भट्टको सहभागितामा हस्तान्तरण गरिएको थियो।

तपसिल:

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ ,सुदूरपश्चिम प्रदेश बाट सहयोग:

१.त्रीपाल (१५*१८)=१५० थान
२. चामल( २५ के जिका) = १६५ बोरा
३. चिउरा २५ बोरा
४. स्वायबिन ३० बोरा

कैलाली उद्योग वाणिज्य संघबाट सहयोग :
१.त्रीपाल (१५*१८)=१०० थान

 

Recent Press Releases