सुदूरपश्चिमको प्रमुख भन्सार नाका कैलालीको त्रिनगरमा सञ्चालित प्लान्ट क्वारेन्टाइन यथासीघ्र संचालनका लागि माग

सुदूरपश्चिमको प्रमुख भन्सार नाका कैलालीको त्रिनगरमा सञ्चालित प्लान्ट क्वारेन्टाइन यथासीघ्र संचालनका लागि माग नेपाल उद्योग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष शंकर बहादुर बोगटी ज्यूको नेतृत्वमा , कैलाली उद्योग बाणिज्य संघको टिमले सुदूरपश्चिम प्रदेशकै प्रमुख भन्सार नाका कैलालिको त्रीनगर नाकामा अबस्थित बन्द रहेको प्लान्ट क्वारेन्टाइन सुचारू गर्नका लागी सम्माननीय प्रधान मन्त्री पुष्प कमल दहाल, अर्थमन्त्री प्रकाश शरण महत, कृषिमन्त्री बेदुराम भुसाल ज्यु संग भेट गरी प्लान्ट क्वारेन्टाइन यथासीघ्र संचालनका लागि माग गर्नु भएको छ । सुदूरपश्चिमको प्रमुख भन्सार नाका कैलालीको त्रिनगरमा सञ्चालित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र बन्द भएका कारण भारतबाट आयात हुने खाद्यान्न, फलफूल र तरकारी आयात ठप्प रहेको छ ।उक्त भेटमा सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री र कृषि मन्त्री ज्युले यथासिघ्र उक्त क्वारेन्टाइन सुचारू गर्ने आस्वासन दिनु भएको छ । Releated Attachment : 1698910977_375946523_618153003862904_5982040922333422613_n.jpg