प्रदेशको विकासका लागि सम्भावना र चुनौतिबारे नीजि क्षेत्रबाट छलफल शुरु

प्रदेशको विकासका लागि सम्भावना र चुनौतिबारे नीजि क्षेत्रबाट छलफल शुरु कैलाली हार्डवेयर व्यवसायी संघको आयोजना ,नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम पश्चिम् प्रदेश र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा आज असोज १२ गते Hardware Expo 2080 को अवसरमै सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्यूको प्रमुख आतिथ्यता र सुदूरपश्चिम प्रदेशका भौतिक विकास पुर्वाधार मन्त्री माननिय प्रकाश देउबा ज्यूको विशिष्ट आतिथ्यतामा "सुदूरपश्चिम प्रदेशको विकासको वर्तमान अवस्था, सम्भावना र चुनौती " विषयक अन्तर्कृया गोष्ठी सम्पन्न भएको छ ।उक्त गोष्ठीमा प्रदेश नीति तथा योजना आयोगका सचिव श्री पदम राज जोशी ज्यूले "सुदूरपश्चिम प्रदेशको विकासको बर्तमान अवस्था " ,सुदूरपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक श्री डा. दिपक चन्द्र भट्ट ज्यूले "सुदूरपश्चिम प्रदेशको विकासको सम्भावना " अनि सुदूरपश्चिम विश्वविद्यालयका सह-प्राध्यापक श्री डा.गजेन्द्र वीर चन्द ज्यूले "सुदूरपश्चिम प्रदेशको विकासको चुनौती " गरि ३ ओटा विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।कार्यक्रममा प्रदेश सभा सदस्य माननीय अक्कल बहादुर रावल ज्यू , माननीय शिव सिंह ओलिज्यू ,सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपती अम्मराज जोशी ज्यू ,सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद शर्मा दुवाडी ज्यू ,प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्याय ज्यू,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुवंरज्यू ,स्थानिय निकायका प्रमुख ज्यूहरु,प्रदेश महासंघका पदाधिकारी ज्यूहरु, जिल्ला/नगर उ.बा संघका अध्यक्ष/पुर्व अध्यक्ष एवं पदाधिकारी ज्यूहरु , यस संघका अध्यक्ष /पुर्व अध्यक्ष एवं कार्यसमिती परिवार , अन्य बस्तुगत संघका अध्यक्ष एवं पदाधिकारी ज्यूहरु,उद्योगपति एवं वरिष्ठ व्यवसायी लगायत बुद्दिजिविहरुको उपस्थित रहनुको साथै उहाँहरुको सकृय सहभागिता रहेको थियो। उपस्थित सम्पुर्ण अतिथी ज्यूहरुलाई कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुबेर बहादुर शाही ज्यूले स्वागत गर्नुको साथै Hardware Expo र यो अन्तर्कृया कार्यक्रम आयोजना गर्नुको उदेश्य माथी प्रकाश पार्नु भएको थियो भने कार्यक्रमका सहभागी ज्यूहरुलाई धन्यवाद सहित समापन संघका संस्थापक अध्यक्ष मायाप्रकास भट्ट ज्यूले गर्नु भएको थियो ।उक्त अन्तर्कृया कार्यक्रमको उद्घाटन सत्र संघका महासचिव ईश्वर गिरिज्यूले संचालन गर्नु भएको थियो भने प्राबधिक सत्र र बन्द सत्रको संचालन र सहजीकरण नेपाल उद्योग वाणिज्य महासंघ-सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योती भट्ट ज्यूले गर्नु भएको थियो ।