पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा उद्यमी व्यवसायीहरुको जोड

पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा उद्यमी व्यवसायीहरुको  जोड नेपाल उद्योग वाणिज्य महासंघको आयोजना ,अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सहयोग र नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सहकार्य र समन्वयमा कार्यस्थलमा आधारित शिकाई निर्देशिका (Work based Learning Guideline) र हरित रोजगार एवं न्यायोचित परिवर्तन (Green Jobs and Just Transition) का सम्बन्धमा उद्यमी व्यवसायीलाई सुसुचित गराउदै सम्बन्धित विषयमा उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुरयाउने उद्देश्यले आज कार्तिक २ गते धनगढीमा Sensitization Workshop on work based Learning, WBL Guideline, Green Jobs and Just Transition विषयक कार्यक्रम आयोजना गरिएको छ ।पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरूले जोड दिएका छन् । यसका लागि उद्योग क्षेत्रमा हरित बृद्धि (ग्रीन ग्रोथ ) को
अवधारणा महत्वपूर्ण हुने धारणा उनीहरूको छ वातावरणका इस्यूहरूमा नेपालले गरेको विश्वव्यापी प्रतिबद्धताहरू पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित बृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने आज धनगढीमा आयोजित कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले बताए । नेपाल उद्योग वाणिज्य महासंघले आइएलओको सहयोगमा स्ट्रेन्थेन इम्प्वयर्स क्यापासिटी फर इम्प्रुभ्ड डिसेन्ट वर्क थ्रु प्रमोटिङ वर्क वेज्ड लर्निङ स्कील याजवेल याज सेफ्टी एण्ड हेल्थ परियोजना संचालन गरीरहेको छ ।सोही परियोजना अन्तर्गत आयोजना गरिएको कार्यस्थलमा आधारित सीप विकास तथा ग्रीन इकोनोमी विषयक कार्यक्रमका सहभागीहरुको हरित वृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई समेत फाइदा पुग्ने कुरा सबैलाई बुझाउनु पर्ने सुझाव थियो । हरित वृद्धिका अभ्यासहरू अंगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरहरू समेत सृजना हुने धारणा सहभागी विज्ञहरू राख्नु भयो ।
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दा वैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सुझाव उहांहरूको थियो । कार्यक्रमलाई संवोधन गर्नु हुदै महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषद्का सभापति
हेमराज ढकालले महासंघले निजी क्षेत्रलाई वातावरण परिवर्तनका मुद्दामा सचेत गराउँदै दीगो आर्थिक विकासमा काम गर्न सहयोग पुरयाउने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
उपाध्यक्ष ढकालले पछिल्लो पटक नेपालले अन्तराष्ट्रिय मंचमा जलवायु परिवर्तनका इस्यूमा गरेका प्रतिवद्धताहरुलाई समेत पुरा गर्ने अभिप्रायले महासघले आइएलओको सहयोगमा ग्रीन इकोनोमिको विषयलाई अगाडि बढाएको स्पष्ट पार्नुभयो । उपाध्यक्ष ढकालले महासंघले तालीमका लागि तालीम भन्दा पनि उद्योगहरुको मागका आधारमा कार्यस्थलमा आधारित तालीमलाई पनि मुख्य प्राथमिकता दिएको बताउनु भयो ।
आउंदा दिनमा कार्यस्थलमा आधारित तालीमलाई थप प्रभावकारी वनाउन यस सम्बन्धी निर्देशिका बनाइएको स्पष्ट पार्नुभयो । यसले महासंघको सिंगो इको सिष्टम नै लाभान्वित हुने विश्वास उहाले व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले कार्यक्रमबाट कार्यस्थलमा आधारित तालीम र दीगो आर्थिक विकासमा पर्यावरणको महत्व विषयमा सहभागीहरु बीच बुझ्न सहयोग पुगेको बताउनु भयो । महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले कार्यस्थलमा आधारित सीप विकास तालीम
निर्देशिका र वातावरण विज्ञ तथा परामर्शदाता डा. विजय थापाले ग्रीन इकोनोमिका पछिल्ला अभ्यास र नेपालले अवलम्वन गर्नुपर्ने उपायहरुका वारेमा आफनो प्रस्तुती दिनु भएको थियो ।
कार्यक्रममा आइएलकोका परामर्शदाता महेन्द्र प्रसाई र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेले आइएलओले महासंघसंग अगाडी बढाएका कार्यक्रम वारे जानकारी गराउनु भएको थियो ।
परियोजना अन्तर्गत सदस्य वस्तुगत संघका लागि कार्यसंचालन विधि (Standard Operating
Procedure-SOP), कार्यस्थलमा आधारित सिप विकास निर्देशिका (WBL, Guidelines) र ग्रीन
इकोनोमी एवं न्यायोचित परिवर्तन (Green Economy, Just Transition), नेपालमा लगानीका अवसर तथा चुनौती विषयमा अध्ययन प्रतिवेदन प्रकाशन गरिने कार्यक्रम छन् ।
करिव ७५ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको सो कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ -सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बहादुर बोगटी ज्यूको अध्यक्षतामा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेम राज ढकाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कल्पना गैरेज्यू , पुष्प राज कुवंर ज्यू , प्रदेश महासंघका पदाधिकारी/कार्यकारिणी सदस्य /सल्लाहकार ज्यूहरु ,जिल्ला /नगर उ.बा संघ,बस्तुगत संघका अध्यक्ष /पदाधिकारीज्यूहरु, उद्यमी व्यवसायी,पत्रकार महासंघ ,महिला उद्यमी ज्यूहरु लगायतको समेत सहभागिता थियो भने कार्यक्रम संचालन नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योती भट्ट ले गर्नु भएको थियो ।