बझाङको उरै नाका खोल्न व्यवसायीको अनुरोध

बझाङको उरै नाका खोल्न व्यवसायीको अनुरोध  मिति २०८० साल भाद्र १७ गतेका दिन सुदूरपश्चिम प्रदेशका पर्यटन सङ्ग सम्बन्धित हामी सरोकारवाला संघ ,संस्थाको संयुक्त टोलिले सम्माननिय प्रधानमन्त्री ज्युको आसन्न चीन भ्रमणलाई मध्यनजर गर्दै सुदुरपस्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहज्यु लाई भेटी बझाङको उरै नाका खोल्न पहल गर्न संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छौ। साथै उक्त भेटमा गौरिफन्टा नाकाबाट प्लान्ट क्वारेन्टाइन हटाईएको सम्बन्धमा लगायत प्रदेश सरकार र निजि क्षेत्र बिचको सहकार्यका सम्बन्धमा छ्लफल भएको थियो । छ्लफल कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री माननीय नरेश बहादुर शाहीको पनि उपस्थिति रहेको थियो ।