नेउवामहासंघ सुदूरपश्चिम प्रदेश सदस्य कार्कीले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका सदस्य तथा बडिमालिका नगरपालिका वडा न २ निबासी गोपाल कार्कीले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार रुपैँया सहयोग गरेका छन । कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सीजन ब्यबस्थापन गर्न अभियान संचालन गरीरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका सदस्य कार्कीले पनि सहयोग गरेको अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन । अक्सिजन ब्यबस्थापन अभियान संचालन भए संगै तिमिल्सेनाले जिल्लाका नागरिकको स्वास्थ्यका लागि ५ हजार रुपैया सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार सिहंले बताएका छन ।

 

जिल्लामा कोरोना भाइरसका बिरामी दिनानु दिन बढ्दै गएको अबस्थामा अक्सिजनको अभाव हुन नदिने उदेस्यका साथ सामासजिक अभियान मार्फत खरिद गरी जिल्ला अस्पताल बाजुरालाई राहत पुगोस भन्ने उदेस्यका अभियानमा साथ दिएको कार्कीले बताए ।

 

सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै सहयोग रकम जुट्दै गएको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने अभियान्ता सिहंले बताएका छन ।