नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको ५ औं बार्षिक साधारणसभा सप्पन्न

नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको ५ औं बार्षिक साधारणसभा सप्पन्न असार २५, धनगढी । नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको ५ औं बार्षिक साधारणसभा सप्पन्न भएको छ । महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्बोधन गरेका थिए । भट्टले उद्योगीलाई सुदूरपश्चिम प्रदेश भर्जिनल्याण्ड रहेकोले लगानी गर्न आग्रह गरेका थिए ।

उनले प्रदेश सरकार उद्योगीसंग सहकार्य गर्न सधैं तयार रहेको बताए । त्यसैगरी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले ५ औं प्रदेश सभाको सफलताको शुभकामना दिदै सुदूरपश्चिममा उद्योगीमैत्री वातावरण बनाउन प्रदेश सरकार निरन्तर लागी परेको बताए । यता उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री मान बहादुर धामीले सुदुरको विकासको लागी उद्योग स्थापना आवश्यक रहेको बताए । उनले उद्योगीलाई सरकारले प्राथमिकता दिएको बताउदै निकट भबिस्यमै गौरीफन्टा नाकालाई सहज रुपले संचालन गर्न प्रयास गरिरहेको बताए । महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालले सरकार र निजि क्षेत्र मिलेर मात्रै देशको समृद्धि सम्भव रहेको बताए ।

त्यसैगरी साधारणसभालाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले उद्योगीलाई सहयात्रीको रुपमा लिनुपर्ने बताए । महासंघका अर्का उपाध्यक्ष रामचन्द्र संघाईले सुदूरपश्चिम प्रदेशमा आफू लगानी ल्याउन तयार रहेको बताए । त्यसको लागी सरकारले वातावरण बनाईदिन पर्नेमा उनको जोड थियो । अझैपनि सुदुरमा बिजुली ,यातायातको समस्याको कारण सहज रुपले उद्योग संचालनमा कठिनाइ परेको उनको धारणा थियो । साधारणसभामा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा,कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही पुर्व कोषाध्यक्ष निरक केसी,केन्द्रिय सदस्यहरु अरुणराज सुमार्गी, नरेन्द्र खड्का,चक्र अधिकारी,कल्पना गैरे,पुष्पराज कुवर,बझाङ उद्योग बाणिज्य संगका अध्यक्ष दानबहादुर सुर्मेली जितपुर- सिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा,मकवानपुर उद्योग बाणिज्य संगका निवर्तमान अध्यक्ष कृष्ण कटवाल,टिकापुर उद्योग वाणिज्य संगका अध्यक्ष रामबहादुर भण्डारी, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा लगायत उद्योगी व्यापारीको उपस्थिति रहेको थियो ।