नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित कार्यसमितिलाई अत्तरियामा स्वागत

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित कार्यसमितिलाई अत्तरियामा स्वागत

अत्तरिया उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । संघको अत्तरिया कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित पदाधिकारीलाई स्वागत तथा वधाई दिएको हो ।

 

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोका देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पौष ११ गते भएको चौथो साधारण सभाबाट निर्विरोध निर्वाचित कार्यसमितिलाई सम्मान पत्र सहित माला र खादा ओडाएर स्वागत तथा बधाई दिईएको थियो ।

 

कार्यक्रममा नवनिर्वाचित  नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश शंकर वहादुर बोगटी, उपाध्यक्ष राम बहादुर भण्डारी, एसोसिएट उपाध्यक्ष अनिल कुमार भुजनिया, सदस्यहरु महेन्द्र कुमार सिह, लालमणि पन्त र एसोसियट सदस्य शंकर बहादुर खड्कालाई स्वागत तथा बधाई दिईएको थियो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य कल्पना गैरेलाई पनि स्वागत गरिएको थियो ।

कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष देवकोटा, संस्थापक अध्यक्ष वसन्त रोकाया, बरिष्ट उपाध्यक्ष कल्यान सि बोहरा, उपाध्यक्ष कवि राज भट्ट, कमल कडायत, महासचिव यज्ञ राज जोशी, सचिव संकर खड्का लगायतको सहभागिता रहेको थियो ।

 

News & Photo Source: https://www.attariyaonline.com/15348/